आदिवासीयुके विशेष

आदिवासी मुलवासीलाई दशैंको विकल्प चाड बनाउन आग्रह, यो बर्षको नारा बालबच्चा केन्द्रीत

“दासी मनोबिज्ञान बनाउने, रिणमा डुबाउने, औपनिवेशिक दशैं त्यागौ, दशैंको प्रभावमुक्त पहिलो पुस्ता निर्माण गरौ ।

लण्डन,
गत १४ अक्टोबर २०२३ का दिन दशैं र इन्डिजिनियस (आदिवासी÷मुलवासी) विषयक एक अन्तरक्रिया सम्पन्न भएको छ ।

दशैंको संघारमा युकेमा रहेका अभियन्ताहरुले एक अन्तरक्रियाको आयोजना गरेका हुन । अन्तरक्रियामा लाहाङ चेम्जोङले दशैं र आदिवासीको चर्चा गर्नुपर्ने बाँध्यता र नियतीबारे बोले भने अर्का अभियन्ता ज्ञानु फूरुम्बोले मुन्धुममा दशै, राम, रावण आदि कतै नभएकोले दशैं लिम्बुको नभएको निक्र्यौल राखे भने मान कुमार ओेख्राबोले दर्शै जर्बरजस्त लादिएको बताए ।

दशैं मान्न अस्वीकार गरेको कारण राणाहरुले झुण्ड्याई मारेका साँस्कृतिक सहिद राम्लिहाँग र रिदामाको फोटो राखेर गरिएको अन्तरक्रियामा अभियन्ता विश्वास दीप तिगेलाले एक कार्यपत्र र प्रिजेन्टेशन प्रस्तुत गरेका थिए ।

निक्कै लामो छलफल पछिः यसै पटक देखि चरणगत अभियान शुरु गर्ने । पहिलो चरण अन्तर्गत १. जसले दशैं छोडीसके, निरन्तर बहिष्कार र परित्यागमा छन सो कार्यलाई निरन्तरता दिन आग्रह गर्दै बाँकीलाई पनि दर्शै परित्यागको शुरुवातलाई अपिल गर्ने । २. दशै परित्याग तथा बहिष्कार प्राविधिक रूपबाट गर्न नमिल्ने वा नसक्नेले कम्तिमा आफ्ना ससानो नानीहरूलाई चाहि टिका नलगाई दिने, दशैको प्रभाव उनीहरुमा पर्न नदिने । ३. छोरी चेलीहरुलाई दशैं बखत नआउन र नबोलाउन भनी अगावै जानकारी गराउने र आआफ्नो चाड चासोक तङनाम, लोसार, लोछार लगायतहरुमा भेटघाट गर्ने । ४. राज्यद्धारा सिमान्तकृत गैरहिन्दु आदिवासी, दलित, मुस्लिमहरुले रिण काढेरै दशैं मनाउनाले उनीहरु झनै प्रतिदिन गरिबी बन्दै गएको परिपेक्ष्यमा कम खर्चिलो तरिकाले दशैं तथा आआफ्नो चाड मनाउन आग्रह गर्नेे ।

५. दशैं टिकाको दिन विश्वब्यापी रुपमा आआफ्नो ठाँउमा जेजति सकिन्छ भेला भएर दशै मान्न अस्वीकार गरेबापत झूण्डाई मारिएका साँस्कृतिक सहिद राम्लिहाँङ र रिदामाको स्मृतिसभा गर्ने । ६. दशै चाड हिन्दु नेपालीहरुको हो सबै नेपालीको होइन त्यसैले दशैको शुभ कामना कार्ड बनाउन आवश्यक महसुश भएमा “दशैंको शुभ कामना” मात्रै भन्ने, “नेपालीहरुको महान चाड” भनेर गल्ति नगर्ने । ७. मौलिकताको मर्मलाई ख्याल गर्दै दशैंको विकल्पको रुपमा आआफ्नो चाडपर्वको विकास गरि साँस्कृतिक औपनिवेशबाट बचाउनको निमित्त सम्बन्धित जातिय उत्थान संस्थाहरुलाई आग्रह गर्ने, आवश्यकता भएमा सहयोग गर्ने । ८. दशैं बखत हिन्दु साथीको डियुटी गरिदिने जसको कारण उसले मज्जाले आफ्नो चाड मनाओस र आफ्नो चाडमा हिन्दु साथीलाई डिउटीको लागि आग्रह गर्ने ।

दीर्घकालिन योजना अन्तर्गतः ९. सबै धर्म र संस्कारलाई समान मान्यता र समान अवसर प्रदान गर्न नेपाल सरकारलाई निरन्तर आग्रह गर्ने । १०. यो बर्ष अभियानको नारा बालबच्चा केन्द्रीत तयः “दासी मनोबिज्ञान बनाउने, रिणमा डुबाउने, औपनिवेशिक दशैं त्यागौ, दशैंको प्रभावमुक्त पहिलो पुस्ता निर्माण गरौ । ” ११. “दशैं परित्याग तथा मौलिक चाड संचेतना मञ्च” निर्माण गर्ने सो मञ्चले संचेतनाको कार्यक्रम नियमित गर्ने लगायतको विषयमा गम्भिर छलफल भयो ।

आसफोर्ड टाउन स्थित सगरमाथा गोर्खा नेप्लिज कमिटीको सभाहलमा सम्पन्न अन्तरक्रियालाई अभियन्ता जितेन्द्र चेम्जोङले आआफ्नो चाडपर्वलाई थप सुधार गरि भब्यरुपमा मनाउनुपर्ने विचार सहित विषर्जन गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button